बिराटनगर असोज २४
आज हुने प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका अध्यक्ष सुशील कोइराला र एमाले अध्यक्ष ओलीले शनिबार संसद् सचिवालयमा उम्मेदवारी दर्ता गरेका छन । एमाओवादीको प्रस्ताव र राप्रपा नेपालको समर्थनमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदका बलिया उम्मेदवार बनेका छन्। सभामुखसहित ५९८ सदस्य रहेको संसद्मा प्रधानमन्त्री निर्वाचित हुन कम्तीमा २९९ मत आवश्यक पर्छ। कोइरालाको पक्षमा अहिलेसम्म कांग्रेसका २०७ को समर्थन छ भने संविधानसभाको प्रक्रिया बहिष्कार गर्दै आएका दुई मधेसी मोर्चाका ५३ सदस्यसमेत उनको पक्षमा जाने सम्भावना छ। ओलीका पक्षमा ३२९ सदस्यहरूले समर्थन जनाएका छन्।