बस दुर्घटनाबाट १ जनाको मृत्यु, २२ घाईते

<span class='c1'>बस दुर्घटनाबाट १ जनाको</span> <span class='c2'>मृत्यु, २२ घाईते</span>

झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । साेही दुर्घटना परि २२ जना घाईते भएका छन् ।

आईतबार दिउँसो साढे १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु र २२ जना घाईते भएका हुन् । दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ बर्षिय उत्सव पौडेलको मृत्यु भएको हो । घाईतेहरुमध्ये ११ जनाको बि.एण्ड.सि अस्पतालमा उपचार भईरहेको र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

घटनाबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्