बसको छतमा लुगा सुकाउनेक्रममा करेन्ट लागेर एकको मृत्यु

<span class='c1'>बसको छतमा लुगा सुकाउनेक्रममा</span> <span class='c2'>करेन्ट लागेर एकको मृत्यु</span>

बिराटनगर असोज २४

सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा आज बसको छतमा लुगा सुकाउनेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पार्किङ गरि राखेको ना. ४ ख ३४६२ नम्बरको बसको छतमा चढेर लुगा सुकाउनेक्रममा बिजुलीको हाईभोल्टेज लाईन छुँदा सोही बसका सहचालक बुटबल निवासी २० वर्षिय किरण भण्डारीको आज बिहान मृत्यु भएको हो। ईनरुवा नगरपालिका ३ स्थित हाईट्रोलिक ग्यारेज नजिकै पार्किंङ गरेको आफ्नै बसको हुटमा लुगा सुकाउनेक्रममा भण्डारीलाई करेन्ट लागेको थियो । भण्डारीको उपचारकाक्रममा आज बिहान १० बजे जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्