भारतीय गाडीहरू इन्धन नेपाल भित्राउदै

<span class='c1'>भारतीय गाडीहरू इन्धन</span> <span class='c2'>नेपाल भित्राउदै</span>

बिराटनगर असोज २४

भारतले गरेको अघोषित नाकाबन्दीबाट देशमै पेट्रोलियम पदार्थको हाहाकार भइरहेका बेला इलामको पूर्वी नाका पशुपतिनगरबाट भने दैनिक दुई हजार लिटरभन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको छ । भारतको दार्जि्लिङ, सिक्किम क्षेत्रबाट भारतीय गाडीले इन्धन भरेर इलामको पशुपतिनगरमा बिक्री गर्न थालेका छन् । उनीहरूले पशुपतिनगरमा पेट्रोल रु १५० देखि १६० सम्म र डिजेल रु ११५ देखि १२० सम्म बिक्री गरिरहेका छन् । भारतीय गाडीहरू यतिबेला यात्रु बोक्नेभन्दा पनि अवैध तरिकाले इन्धन ओसारपसारमा लागेका छन् । भारतीय गाडीले फुलट्याङ्की तेल भरेर पशुपतिनगरमा नेपाली व्यापारी र सवारी साधनलाई बिक्री गर्ने क्रम बढेकाले अहिले सीमावर्ती पशुपतिनगर बजारमा भारतीय रुपैयाँको अभाव भएको छ । भारतीय व्यापारीबाट इन्धन खरिद गरेर इलामको पशुपतिनगर, फिक्कल, इलाम बजार, बिब्ल्याँटेसम्म पुग्न थालेको छ । भारतबाट पूर्वी नाका पशुपतिनगरबाट ल्याइएको इन्धनमा जिल्लामा व्यापक कालोबजारी भए पनि प्रशासन मौन छ । दैनिक दुई हजार लिटरभन्दा बढी इन्धन भित्रिएर कालोबजारी भए पनि प्रहरी, प्रशासन मौन रहेकाले सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । सीमा क्षेत्रमा रहेको सीमा सुरक्षा बल (एसएसबी) भारतीय गाडीहरूले इन्धनको व्यापार गरेको भन्दै सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ । विराटनगरको जोगवनी, रुपन्देहीको बेलहिया, झापाको काँकडभिट्टालगायत विभिन्न नाकाबाट इन्धन आयात नभइरहेको अवस्थामा पशुपतिनगरबाट सहज रूपमै इन्धन खपत भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्