भोजपुर । भोजपुर साल्पासिलिछो गाँउपालिका ६ ढाडेगाँउ का ६७ बर्षिय खड्ग बहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ ।
हिजो भकिअमिलो टिप्न गएका राई घर नफर्कीदा आज बिहान ७ बजे आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लुङ खोलामा मृत अवस्थामा फेला परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।