मोरङ हात्तीमुडामा मोर्चाद्वारा भारतीय ट्रकमा आगजनी

<span class='c1'>मोरङ हात्तीमुडामा मोर्चाद्वारा</span> <span class='c2'>भारतीय ट्रकमा आगजनी</span>

मोरङ, असोज २५

मोरङ जिल्लाको हात्तीमुडामा आईतबार राती सँयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले भारतीय ट्रकमा आगजनी गरेका छन्।

काकडभिट्टा नाकाबाट लिएर आएको सिमेन्टको कच्चा पदार्थ पुर्‍याई बिराटनगरबाट पूर्वतर्फ फर्कदै गरेको WB-59-A-0713 नम्बरको भारतीय ट्रकलाई दुई जनाको समुहमा आएका मोर्चाका कार्यकर्ताहरुले हातीमुढा गाविस ८ स्थित कोशी राजमार्गमा पेट्रोल बम प्रहार गरी फरार भएका हुन। पेट्रोल बमबाट ट्रकको अगाडीको भाग जलेको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरी परिचालन भई आगो नियन्त्रणमा लिईएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्