अछाममा बस दुर्घटना हुँदा दुईको मृत्यु, २५ जना घाइते

<span class='c1'>अछाममा बस दुर्घटना हुँदा दुईको</span> <span class='c2'>मृत्यु, २५ जना घाइते</span>

शिवराज ढुंगाना
अछाम । मंगलसेनबाट धनगढी गइरहेको बस मंगलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मंगलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो ।

दुर्घटनामा मंगलसेन नगरपालिका– १४ निवासी ५७ वर्षीय टंक भण्डारी र मंगलसेन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापाको घटनास्थलमै मृत्यु भएको डीएसपी तुलसीराम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा २५ बढी यात्रु घाइते भएका छन् ।

दुर्घटनाका घाइतेमध्ये २१ जनालाई जिल्ला अस्पताल र थपलाई वयलपाटा अस्पतालमा पठाइएको डीएसपी अर्यालले बताउनुभयो ।
अप्ठेरो ठाउँमा बस फसेकाले केही यात्रु बसमुनी च्यापिएको हुनसक्ने उहाँको भनाइ छ ।

नेपाली सेना, प्रहरीले उद्धारको काम गरिरहेका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्