विराटनगर महानगरपालिकाको आग्रह : कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सुरक्षा अपनाउ

<span class='c1'>विराटनगर महानगरपालिकाको आग्रह : कोरोनाको नयाँ</span> <span class='c2'>भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सुरक्षा अपनाउ</span>

विराटनगर । दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको ‘नयाँ भेरियन्ट’ युरोप हुँदै भारतसम्म आईपुगेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रामक रहेकोले यसबाट सुरक्षा अपनाउन स्थानीय तहहरुले आग्रह गरेका छन् । यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा संक्रमण बढी संक्रामक रहेको वैज्ञानिकहरूको दाबी छ ।

भारतमा दुई जना त्यस्ता बिरामी देखिएसँगै भारतले जमिनको सीमा तथा हवाई उडानमा कडाइ गरिसकेको छ । यो भेरियन्ट नेपालमा भित्रिने खतरा बढिसकेको भन्दै विराटनगर महानगरपालिकाले सावधानी अपनाउन अनुरोध गरेको छ । नयाँ भेरियन्टको कोरोना रोकथाम बारे तयारी सुरु नभएपनि सावधानीका लागि विराटनगर महानगरपालिकाले आग्रह गरेको हो ।

विराटनगर महानगरपालिकाले सार्वजानिकस्थल, विद्यालय, सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरुमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरपालिकाले सार्वजानिक सूचना प्रवाह गर्दै अनावश्यक घर बाहिर ननिस्कन, निस्कनु परेर मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्न, विद्यालयहरुमा विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्न स्वास्थ्य सुरक्षा सामाग्री अनिवार्य प्रयोग बढाउन, हाटबजार, सिनेमा हल, सपिङ्ग कम्प्लेक्समा जाँदा सचेत हुन आग्रह गर्दै सूचना जारी गरिएको हो ।

सीमा जोडिएको महानगरपालिकाले नगरवासीलाई सचेत रहनका लागि आग्रह गरेसँगै नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन जरुरी देखिन्छ । सरकारले यो भाइरसबाट नागरिकको स्वास्थ्यमा पर्ने जोखिमबाट बचाउन अहिलेसम्म तयारी थालिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्