जोगवनी नाका सोमबार राति देखि पुनः सुचारु

<span class='c1'>जोगवनी नाका सोमबार राति</span> <span class='c2'>देखि पुनः सुचारु</span>

बिनु तिम्सिना

बिराटनगर असोज २६

मधेशी मोर्चाले गरेको प्रदर्शनका कारण शनिबार देखि प्रभावित भएको जोगवनी नाका सोमबार राति देखि पुनः सुचारु भएको छ ।
मोर्चाका कारर्यकर्ताले दशगजामा प्रदर्शन थालेपछि ठप्प भएको जोगवनी नाका सोमबार राति देखि सुचारु भएको हो । जोगवनी नाकाबाट सोमबार राति इन्धन बाहेक ९० वटा औद्योगिक कच्चा पदार्थ तथा खाद्यान्नका कन्टेनर नेपाल भित्रीएको भन्सार अधिकृत राजेन्द्र ढुंगानाले जानकारी दिनुभयो । साथै आज बिहानै देखि नाका निर्वाध रुपमा सुचारु भएको र १० बजे सम्ममा पेट्रोल बाहेक डिजेल १३ वटा ट्याङ्कर र १५ वटा ग्यासका बुलेट नेपाल भित्रीएको उँहाले जानकारी दिनुभयो । अझै पनि इन्धन र अन्य मालबाहक सवारी लाइनमा रहेको र अब निर्वाधरुपमा नेपाल भित्रने उहाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्