बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष्य पूरा हुने अनुमान

बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष्य पूरा हुने अनुमान

काठमाडौं । अर्को महिना सुरु हुने सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष्य पूरा हुने सरकारले जनाएको छ ।

सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर अर्थात २ सय ५० वटा पुर्याउने लक्ष्य राखेको थियो। तीन वर्षअघि गरिएको सर्वेक्षणअनुसार नेपालमा २ सय ३५ वटा वयस्क बाघ रहेको अनुमान गरिएको छ ।

पछिल्लो तथ्याङ्क थाहा पाउन हिजोदेखि बाघ गणना सुरु भएको छ ।

अर्को महिनासम्ममा गणनाको नतिजा सार्वजनिक गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बाघको विचरण रहेको क्षेत्रलाई चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्र गरी तीनवटा क्षेत्रमा विभाजन गरिएको छ ।

बाघ गणनाको लागि चितवन पर्सा कम्प्लेक्समा सात, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्रमा तीन वटाका दरले हात्ती परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्