विराटनगर । विराटनगरका मेयर भीम पराजुलीले आसन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गर्नु भएको छ । विराटनगर महानगरपालिकाको दुई कार्यकाल पार्टी सभापति र मेयरको जिम्मेवारी सम्हाल्नु भएका पराजुलीले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गर्नु भएको हो ।
आइतबार साँझ आफ्ना शुभेच्छुकको उपस्थितिमा केन्द्रीय सदस्यको उमेदवारी दिने घोषणा गर्दै भोट माग्न थालिएको छ । मेयर पराजुलीले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उमेदवारी दिने बताउनुभयो । उहाँले देशभरमा नेपाली काँग्रेसले दुईवटा महानगरमा मेयर जितेको बताउँदै विराटनगर महानगरको मेयरको हैसियतमा केन्द्रीय सदस्यमा दावी प्रस्तुत गरेको बताउनुभयो । काँग्रेसले स्थानीय तहको निर्वाचनमा विराटनगर ललितपुर जितेको थियो ।
उमेदवारी घोषणा बारे लिइएको प्रतिक्रियामा पराजुलीले पार्टीका नेता पक्षधर भन्दा पनि नेपाली काँग्रेसको उमेदवार बनेको दावी गर्नुभयो । तर, पछिल्लो समय डा.शेखर कोइरालासँग टाढिएका पराजुली देउवा–सिटौला क्याम्पबाट उमेदवार बनेको जानकारको दावी छ ।