चाडपर्वमा प्रहरीको उच्च सुरक्षा सतर्कता

<span class='c1'>चाडपर्वमा प्रहरीको उच्च</span> <span class='c2'>सुरक्षा सतर्कता</span>

 

उर्लाबारी, २६ असोज, चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयले उच्च सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षा व्यवस्थालाई थप सबल र प्रभावकारी बनाउनका लागि मुख्य बजार र सडकमा प्रहरी तैनाथी बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भण्डारीले बताउनु भयो । 'उर्लाबारीमा विशेष सुरक्षा योजना थालेपछि अपराधिक गतिविधिमा न्युनीकरण आएको छ' निरीक्षक भण्डारीले भन्नुभयो, 'चाडपर्वलाई ध्यानमा राख्दै उर्लाबारीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।'

चाडपर्वमा भीडभाडको मौका छोपेर उच्छ्रिङ्खल तथा अन्य आपराधिक गतिविधि हुन नदिनका लागि सिविल ड्रेसमा प्रहरी परिचालन गरिने उहाँको भनाई छ । पूर्व मावादेखि पश्चिम सुनझोडा खोलासम्मको क्षेत्रमा विशेष प्रहरी परिचालन गरिने उहाँले जानकारी दिनुभयो । भिडभाडमा हुने अस्वाभिक गतिविधि माथि नियमित निगरानी राख्ने र शंका लाग्ने वित्तिकै त्यहाँ तैनाथ प्रहरीलाई खबर गरी हुन सक्ने सम्भावित घटनालाई रोक्ने प्रयासमा प्रहरी लाग्ने उहाँको भनाई छ ।

'पर्वलाई ध्यानमा राखेर विगतभन्दा बढी पैदल, मोटरसाइकल र सिविल प्रहरी गस्ती परिचालन गरेका छौं' निरीक्षक भण्डारीले भन्नुभयो 'आपराधिक घटना नियन्त्रणका लागि सादा पोशाकका महिला तथा पुरुष परिचालन गरेर सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाएका छौं ।' प्रहरीले अपराधिक गतिविधिलाई निरुत्साहित गर्न विभिन्न जनचेतनामुलक कार्यक्रम पनि गर्दै आएको उहाँले जानकारी दिनुभयो । 'दशैं नजिकिँदै गर्दा चोरी, डकैती, लुटपाट हुने सम्भावित क्षेत्रको पहिचान गरेर सुरक्षा सर्तकता बढाइएको छ ।' निरीक्षक भण्डारीले त्यस्ता सम्भावित क्षेत्रको पहिचान गरेर सुरक्षा व्यवस्था अझै कडा पारिने बताउनु भयो ।

चाडपर्वको समयमा हुने चोरी, डकैती, झैझगडा, तासजुवा लगायत घटना रोक्न प्रहरी सक्रिय पूर्वक लाग्ने उहाँको भनाई छ । चाडपर्वको बेलामा उर्लाबारी चौक, हाटखोला, बरगाछी, मंगलबारे लगायत स्थानहरुमा विशेष निगरानीमा रहने प्रहरीको भनाईं छ ।

चाडपर्वको नाममा जुवातास नखेल्न प्रहरीले आग्रह गरेको छ । 'त्यस्तो भेटिए जो कोहीलाई कारवाही गरिने छ', प्रहरी निरीक्षक भण्डारीले भन्नुभयो । जुवातास, मदिरा रोक्न प्रहरीहरुलाई परिचालन गर्ने उहाँले बताउनु भयो । उच्छ्रिङ्खल घटना हुन नदिन ठाउँ– ठाउँमा चेक प्वाइन्ट राख्ने तथा धेरै भीडभाड हुने वित्तिय संस्था, सपिङ सेन्टर र गरगहनाका कारोबार धेरै हुने ठाउँमा प्रहरीको सर्च अभियान बढाइएको छ । चाडपर्वको अवसरमा सामाजिक सद्भाव विथोल्ने, जुवातास खेल्ने, पट्का, तथा विस्फोटक पदार्थ पड्काउनेलाई कडा भन्दा कडा कारवाही गर्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्