टिपरको ठक्करबाट अटोमा सवार दुई जनाको मृत्यु

<span class='c1'>टिपरको ठक्करबाट अटोमा सवार</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

सलिम मियाँ
बिजुवार (प्युठान) । टिपरको ठक्करबाट प्युठानमा सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा ३ घुर्चनेका ३५ वर्षीय अमृत थापा र उहाँका ४ वर्षीय छोरा सुसान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

चकचकेबाट बिजुवारतर्फ जाँदैगरेको ना.८ ख ३९०३ नम्बरको टिपरले रा. १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवी गाउँपालिका वडा ५ स्थित चकचके–चेरनेटा सडकखण्डमा ठक्कर दिँदा उहाँहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जुम्रीबाट अटो रिजर्व गरेर स्वर्गद्वारीतर्फ जाँदै गरेका बेला घटना भएको थियो ।

अटोमा सवार अन्य चार जना घाइते भएका छन् । घाइतेहरुमा प्युठान नगरपालिका वडा ३ बस्ने वर्ष ८ का दुर्गा थापा, ३० वर्षीया पुनम थापा, १६ वर्षीया विपना थापा र १० वर्षीया सुषमा थापा छन् । सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्