दशैंमा घर फर्कनका लागि बसको टिकट पाउन सास्ती

<span class='c1'>दशैंमा घर फर्कनका लागि</span> <span class='c2'>बसको टिकट पाउन सास्ती</span>

काठमाडौं, २७ असोज ।

पेट्रोलियम पदार्थको अभावका कारण सर्वसाधारणले राजधानीबाट दशैंमा घर फर्कनका लागि बसको टिकट पाउन निकै सास्ती झेल्नुपरेको छ । सर्वसाधारणले लगातार पाँच दिनसम्म टिकट काउण्टर धाउँदा पनि बसका टिकट पाउन सकेका छैनन् । एक त पेट्रोलियम पदार्थको अभावले निकै नगन्य बस चलेका कारण बसपार्कस्थित टिकट काउण्टर पुग्नै मुस्किल, त्यसमा पनि घण्टौं लाइन वस्दा समेत टिकट पाउन नसकेको सर्वसाधारणको गुनासो छ । यस्तै गुनासो गर्ने मध्येका एक हुन् अर्घाखाँचीका भिम केसी । रोजगारीको सिलसिलामा दुबई पुगेका केसी परिवारका सदस्यका साथ दशैं मनाउन भन्दै पाँच दिन पहिले काठमाडौ ओर्लिए । तर केसीले अहिलेसम्म टिकट हात पार्न सकेका छैनन् । टिकट काउण्टरमा रहेका व्यवसायीले पेट्रोलियम पदार्थको अभावले पर्याप्त बस नचलेका कारण टिकट दिन नसकेको बताएपछि केसी घर कसरी जाने भन्ने चिन्ताले पिरोलिएका छन् । टिकट काउण्टर पुगेर टिकट नपाउने केसी एक्ला होइनन् । अछामका कुसुमराज भण्डारी पनि दुई दिनदेखि टिकट पाउने आशमा बसपार्क धाइरहेका छन् । तर विभिन्न राजन्ीतिक दलका नेतालाई गुहार्नेदेखि अनेक प्रयास गर्दा पनि भण्डारीले टिकट हात पार्न सकेका छैनन् । केसीले अर्घाखाँची र भण्डारीले अछामको टिकट नपाएपनि दाङ, नेपालगञ्ज, धनगढी लगायतका स्थानमा जाने सर्वसाधारणले भने टिकट पाएका छन् । मध्यराति १२ बजे लाइन बसेका सर्वसाधारणले विहान ९ बजे टिकट हात पारेका छन् । कतिपय सर्वसाधारणले पाँच दिन धाउँदा समेत रित्तो हात फर्किनु परिरहेको अवस्थामा टिकट पाएका सर्वसाधारण भने युद्ध जितेजस्तो गरी खुशी देखिए । व्यवसायीहरुका अनुसार गत वर्ष दशैं मनाउन करिब ३० लाख जनाले काठमाडौ उपत्यका छाडेकामा करिब १५ लाख जना टिकट बुकिङ गरेर घर गएका थिए । तर यसपटक मधेशवादी दलहरुले मधेशका जिल्लामा गरेको अनिश्चितकालीन आमहड्ताल र भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव हुँदा बसपार्कमा टिकट काट्न जानेको संख्या नै निकै कम देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्