राष्ट्रियसभा निर्वाचनः पुस २० गते उम्मेदवारी दर्ता हुने

<span class='c1'>राष्ट्रियसभा निर्वाचनः पुस २०</span> <span class='c2'>गते उम्मेदवारी दर्ता हुने</span>

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

उम्मेदवारीको सूचीमा दाबी विरोधको उजुरी २१ गते बिहान १० देखि अपाराह्न ४ बजेसम्म दिने, २२ र २३ गते उजुरीमाथि छानबिन गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएको मतदाता केन्द्रमा माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।
यसअघि आयोगले निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ देखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको छ ।

आयोगकाअनुसार प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार सोही दफाहरुको उपदफा १ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको व्यवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन पाउनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्