काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा ८ माकलबारीस्थित किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा ७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथलगायत सात जना रहनुभएको छ । उहाँहरुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ४० हजार २२० रुपियाँ र दुई बुक ताससहित पक्राउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ ।