विराटनगरका पत्रकार सरदार सम्मानित

विराटनगरका पत्रकार सरदार सम्मानित

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका सदस्य तथा मकालु टेलिभिजनका पत्रकार पदमकुमार सरदार सम्मानित भएका छन् ।

विराटनगस्थित लायन्स क्लब अफ विराटनगर ग्रिनसिटीद्वारा मङ्गलबार आयोजित पदभार हस्तान्तरण कार्यक्रमका बिच उनी नगदसहित सम्मानित भएका हुन् । क्लबले सरदारलाई सञ्चार क्षेत्रको माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । सरदारलाई लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए–वानका डिष्ट्रिक गभर्नर रेवत बहादुर कार्कीले दोसल्ला, सम्मान पत्र र नगद सहित सम्मान गरेका हुन् ।

सोही अवसरमा बोल्दै डिष्ट्रिक गर्भनर कार्कीले लायन्स क्लब अन्तराष्ट्रिय प्रथम विश्वयुद्ध पश्चात सेवाको भावनाले २६ जना सदस्यहरुबाट सुरु गरिएको क्लब रहेको बताए । हाल क्लबले वातावरण र सामाज लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आईरहेको उनले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रियका सल्लाहकार एवंम समाजसेवी देवकिशन मुन्दडालाईं समेत लायन्स क्लब अन्तराष्ट्रिय लोगो सहित सम्मान गरिएको थियो । सोही अवसरमा सामाजिक अभियन्ता पेरिस सुवेदी तथा निकेश साहलाई समेत सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सोही अवसरमा क्लवले अपाङ्गता भएका व्यक्तिहरुलार्ई नगद सहित न्यानो लत्ताकपडा समेत हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्