बिराटनगरमा तास खेलिरहेका १४ जना जुवाडे पक्राउ

<span class='c1'>बिराटनगरमा तास खेलिरहेका १४</span> <span class='c2'>जना जुवाडे पक्राउ</span>

प्रेम देवान
विराटनगर २९ असोज । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा तास खेलिरहेका १४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रमोद खरेल नेतृत्वमा गएको टोलीले दिवस शाहको घरमा तास खेलिरहेका पूर्व प्रहरी अधिकारी तथा स्थानीय राजनीतिक दलका नेताहरुलाई हिजो राति पक्राउ गरेको हो । उनीहरुको साथबाट एकलाख ५४ हजार तीनसय ६७ रुपैयाँ, पाँच बुङ तास बरामद गरेको थियो ।
तासखेलिरहेका घरबेटी जीवत शाहसहित गंगा चौधरी, बुद्ध मगर, केशव आचार्य, शम्भु रिजाल, सञ्जीव मण्डल, उमेश घिमिरे, लक्ष्मी मण्डल, मनोज अधिकारी, भरत कार्की, राज भण्डारी, केशर कटुवाल, बद्री पराजुली, दीपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । शाहको घरमा पहिलेदेखि नै तास खेलाउने गरिएको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्