रेडक्रसको शुभकामना र बिदाई कार्यक्रम

<span class='c1'>रेडक्रसको शुभकामना र</span> <span class='c2'>बिदाई कार्यक्रम</span>

बिराटनगर असोज ३०

नेपाल रेडक्रस सोसाईटी उर्लाबारीले २०७२ असोज ३० गते बडा दशैंका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तथा बिदाई कार्यक्रम गरेको छ ।
उपशाखा सभापति मदनबाबु प्रसाईको अध्यक्षता तथा उर्लाबारी नगरपालीका कार्यकारी अधिकृत सुवास श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमका वक्ताहरुले बडा दशैंले उर्लाबारीबासीमा सदभाव, खुशी छाओस, बिकास निर्माण लगायतका सार्वजनीक महत्वका कार्यमा राजनितीक दल बिच रहदै आएको एकता अझ प्रगाढ होस भन्दै सरुवा भई जान लागेका ईलाका प्रहरी कार्यालयका ईन्स्पेक्टर श्रीराम भण्डारीले गरेको कार्यको प्रशंशा गर्दै बिदाई समेत गरेका थिए ।
यसरी मन्तव्य व्यक्त गर्नेहरुमा कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठ,नगर बिकास समितिका अध्यक्ष केशव ब. कार्की, आयोजक संस्थाका संस्थापक संयोजक तेजकुमार रिजाल, सल्लाहकार प्रमोद निरौला,अग्नीप्रसाद भट्राई,प्रेस सल्लाहकार घनश्याम भण्डारी,कोषाध्यक्ष मेघराज श्रीपाली, शशस्त्र प्रहरीका डि.एस.पी. नवीन बोगटी, नेपाली कांग्रेसका नगर सभापति बिरबल थापा,नेकपा एमालेका नगर अध्यक्ष मनोरथ भण्डारी,नेकपा एमाओवादीका नगर अध्यक्ष राजेन्द्र पौड्ेल,संघिय समाजबादी पार्टी फोरमका नगर अध्यक्ष रामकुमार राई र संघिय लिम्बुवान पार्टी नेपालका नगर अध्यक्ष बरुण लाबुङले थिए ।
गत मंसीर देखि ईलाका प्रहरी कार्यालय उर्र्लाबारीको कार्यालय प्रमुखका रुपमा खटीनु भएका ईन्स्पेक्टर श्रीराम भण्डारीलाई सोही अवसरमा संम्मान पत्र सहित बिदाई गरीएको थियो । बैशाख १२ मा आएको बिनाशकारी भुकम्पका पिडीतहरुका लागि गरीएको राहत संकलन तथा बितरण कार्यमा महत्वपुर्ण भुमीका निर्वाह गरेकोले उनलाई रेडक्रसले संम्मान गरेको थियो । उनि प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन भने सो स्थानमा अख्तियार अनुसंधान कार्यालय इटहरीबाट आएका ईन्स्पेक्टर राजकुमार राईले आईबार देखि जिम्मेवारी बहन गर्ने प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्