अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

स्याङ्जा । पुतलीबजार नगरपालिका वडा २ हुडिकोट बस्ने ६६ वर्षीय दिलमान सिंह गुरुङलाई ७ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनको घरमा जाँच गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा ६ मंगलगढीबाट २ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित सोही नगरपालिका वडा २ बस्ने १९ वर्षीया निशा गिरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका वडा ३० पावरहाउसबाट करिब १ किलोग्राम अवैध लागूऔषध गाँजा सहित लमजुङ बेंशीशहर नगरपालिका वडा ७ बेंशीशहर बस्ने २३ वर्षीय सचिन गुरुङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ग.१ ज १२२२ नम्बरको ट्याक्सीलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार गुरुङलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्