गुरुकुलमा नाटक ‘सिफारिस’ सुरु, आज दुई शो हुँदै

<span class='c1'>गुरुकुलमा नाटक ‘सिफारिस’ सुरु,</span> <span class='c2'>आज दुई शो हुँदै</span>

विराटनगरको गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ को मञ्चन सुरु भएको छ ।
निर्मल शर्मा र राई स्वयंमले परिकल्पना तथा निर्देशन गरेको नाटक शुक्रबारदेखि मञ्चन सुरु भएको हो । नाटक मंसिर २४ देखि २९ गतेसम्म चल्ने जनाईएको छ ।

आज शनिबार दिउँसो १ बजे र ४ बजे दुईवटा शो हुने जानकारी दिईएको छ । याक्दुहाङ धिरजको कथा सिफारिसमा आधारित रहेको उक्त नाटकले मधेशी परिवेशमा विद्यमान रहेको महिला हिंसा र दाईजो प्रथा लगायतका विकृतिहरुलाई उठान गर्दै निरुत्साहित पार्ने प्रयास गरेको छ ।

एउटा मृत्युदर्ताको वरिपरि घुमेको उक्त नाटकले समाजमा विद्यमान जालझेल लगायतका बिषयमा समेत खरो टिप्पणी गरेको छ । नाटकमा समिक्षा दाहाल, कृतिशा काफ्ले, अंशु खतिवडा, सङ्गीता यादव, राजेश ठाकुर, सुरेश विद्रोही, अनिल खत्री, प्रदीप दाहाल, देवेन्द्र यादव, विकास पराजुली र भरत कार्कीले अभिनय गरेका छन् । नाटकका लागि मञ्च परिकल्पना तथा निर्माण विकास पराजुली, भरत कार्की र रविन चिमरियाले गरेका छन् । यस्तै ध्वनि परिकल्पना तथा परिचालन निर्मल शर्मा र अशोक गौतमले गरेका छन् भने व्यवस्थापन भैरव क्षेत्री र भवानीशंकर अधिकारीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्