विश्व शान्तिको कामना गर्दै विराटनगरमा सुरु भयो, बौद्ध धर्मलम्बीहरूको पाँच दिवसीय सुत्र पाठ

<span class='c1'>विश्व शान्तिको कामना गर्दै विराटनगरमा सुरु भयो,</span> <span class='c2'>बौद्ध धर्मलम्बीहरूको पाँच दिवसीय सुत्र पाठ</span>

विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका बौद्ध धर्मलम्बीहरूले पाँच दिवसीय सुत्र पाठ (बुमपाठ) विराटनगरमा सुरु गरेका छन् ।

टाशी छ्योइलिङ बौद्ध गुम्बा परिवारको आयोजनामा विराटनगर – १६ रानी मिल्स एरिया बर्माटोलमा बुद्ध वचन प्रज्ञा पारिमिता सूत्र पाठ (बुमपाठ) समारोह शुक्रबारबाट सुरु भएको हो ।
शुत्रबार देखि सुरु भएको बुमपाठ आगामी २७ गतेसम्म बौद्ध गुम्बामा बुमपाठ हुने आयोजक समितिका सूचना अधिकारी तथा गुम्बाका कोषाध्यक्ष अनुप कुमार स्याङबोले जानकारी दिनुभयो ।

विश्व शान्तिको लागि पाँच दिवसीय बूमपाठ बौद्ध गुम्बामा सुरु गरिएको उहाँले बताउनुभयो । ‘पाँच दिनसम्म संचालन हुने बुमपाठमा विराटनगर लगायत आसपासका स्थानहरुबाट श्रद्धालुहरुको सहभागिता हुने सुचना अधिकारी स्याङबोले बताउनुभयो ।
बुमपाठको अन्तिम दिन ठूलो संख्यामा भत्तजन तथा श्रद्धालुहरुको उपस्थित हुने आयोजकले जनाएको छ । अन्तिम दिन बुमपाठको खास दिन हो । त्यसदिन अभिषेक हुन्छ । गुम्बामा ६ वर्षपछि बुमपाठ हुन लागेको हो । अहिले गुम्बामा १६ जना लामाहरूले बुम पाठमा बूद्ध वचन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्