बस र भेन ठक्कर खाई दुर्घटना हुँदा झापामा एक जनाको मृत्यु

<span class='c1'>बस र भेन ठक्कर खाई दुर्घटना</span> <span class='c2'>हुँदा झापामा एक जनाको मृत्यु</span>

विराटनगर । झापाको बाह्रदशी गाउँपालिका ३ त्रिबेणी चौकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्र. १–०१–००१–ख ३५२४ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको मे १ च २२२६ नम्बरको भेन एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा भेन चालकको मृत्यु भएको छ भने भेनमा सवार ५ जना घाइते भएका छन् ।

शनिबार बिहान ७ बजे भएको सो दुर्घटनाबाट घाईते भएका भेन चालक बाह्रदशी गाउँपालिका १ भागडुब्बाका ३४ वर्षिय प्रमोद चन्द्र उप्रेतिको विएन्सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहान साँढे ८ बजे मृत्यु भएको हो ।

दुर्घटनाबाट घाईते हुनेहरुमा बाह्रदशी गाउँपालिका १ का ५५ बर्षीया किमारी निरौला, ५५ बर्षिया गिता घिमिरे, २१ बर्षीया रन्जिता निरौला, १७ बर्षीया दुर्गा घिमिरे र १२ बर्षिय बिशाल पौडेल रहेका छन् । घाईतेहरुको द्य७ऋ अस्पताल बिर्तामोड मा उपचार भइरहेको छ । बस र बस चालक बाह्रदर्शी गाउँपालिका ६ का ३४ बर्षिय हर्क बहादुर बिक नियन्त्रणमा रहेको प्रदेश प्रहरी विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्