दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध

<span class='c1'>दुई केन्द्रीय सदस्य</span> <span class='c2'>देउवा समूहबाट निर्विरोध</span>

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित हुनुभएको छ ।

विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुङ्गाना निर्विरोध निर्वाचित हुनुभएको हो । प्रदेशमा एक महिलासहित तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । उहाँहरु दुवै जनाले शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिनुभएको थियो । रिजाल पर्सा जिल्ला र ढुङ्गाना धनुषा जिल्लावासी हुनुहुन्छ ।

प्रदेश नं २ मा सो समूहबाट महिला सदस्यमा चित्रलेखा यादवले उम्मेदवारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्