” दशैमा पनि बन्द गर्नेलाई किरा परोस “

<span class='c1'>” दशैमा पनि बन्द</span> <span class='c2'>गर्नेलाई किरा परोस “</span>

बिराटनगर कार्तिक २ ,

बिराटनगरबाट आफ्नो घर बुटवल जानु पर्ने भए पनि बिराटनगरमा पढाइको लागी आएका सुशन्त पोख्रेल अझै घर जान पाएका छैनन । घरमा आउन धेरै आग्रह आए पनि बन्दले जान नपाएको उनि बताउछन । नेपालीहरुको महान चाड बडा दशै आंगन मै आइसके पनि अझै धेरै सर्वसाधरण आफ्नो घर जान पाएका छैनन । लगातार को त राइ बन्द ले सबै को जिवन मा अ सर परिरहेको छ । दशै जस्तो महान चाड मा पनि आफ्नो आन्दोलन स्थगित नगरेको को कारण जन मानस मा बन्द कर्ता प्रती आक्रोश बढ्दै छ । यातायत का साधन नचल्दा दशै सुख्खा भएको बिराटनगर - २ निवासी अमर निरौला दुखेसो पोख्छन । बजार लगायतमा अझै पनि भिड देखिएको छैन , यस्ले बिराटनगर लगायत तराइका व्यापारी लाई ठुलो मार परेको छ । हवाइजहाजबाट भए पनि सामान ल्याएर दोकानमा राखे पनि किन्न मानिसहरु नआउँदा धेरै नै घाटा भएको व्यापारीहरु बताउछन । यसपाली त टिका लगाउन पनि कसरी जानु भन्ने चिन्ताले बिराटनगर- २० का साजन सुबेदी जस्तै सबैलाई सताएको छ । एक त बन्द त्यो माथी पेट्रोल पाएको छैन , यसपालीको दशैको कुनै रौनक छैन " उनि भन्छन । छोरीको घरमा केहि दिनको लागी भनेर चितवनबाट आउनु भएकी ५७ बर्षिय मनमाया अधिकारी ६५ दिन भयो घर जान पाउनु भएको छैन , चाडको बेलामा पनि यसरि जनतालाई दुख दिनेलाई त किरा परोस " उहा आक्रोसित हुँदै भन्नु हुन्छ । धेरैलाई चाडको बेला बन्द नखुल्दा समस्या परी रहेको छ , तर बन्दकर्तालाई यस्ले कुनै फरक पारेको छैन । राजनितिक माग पुरा गराउन ६५ दिन भन्दा बढी बन्द गर्नु अनि नेपालीहरुको महान चाड मा पनि बन्द कायम राखेर दुख दिनुले बन्दकर्ताको छबी आम जनता माझ कस्तो भएको होला ? बन्द गराउने साथीहरुले एकपटक सोच्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्