मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग

<span class='c1'>मिर्गौलापीडितलाई पाँच लाख</span> <span class='c2'>बढी सहयोग</span>

आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु.पाँच लाख ३५ हजार शनिबार उहाँकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो ।

नियमित डायलासिसका लागि पैसा नभएपछि उहाँका परिवारजनले सहयोगको याचना गरेका थिए । अर्थाभावमा उपचारबाटै वञ्चित हुनुपर्ने स्थिति देखेपछि सुनारलाई आर्थिक सहायता प्रदान गरिएको समितिका उपाध्यक्ष हिमाल कँडेलले बताउनुभयो । जापानमा रहेका नेपालीहरुबाट सो रकम जुटाइएको उहाँको भनाइ छ ।

अस्पतालको शय्यामा रोगसँग जुधिरहेकी छोरीका लागि प्रवासी नेपालीले पठाएको आर्थिक सहयोग बुझ्दा लालमाया भावुक बन्नुभएको थियो । सुनारको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सहयोग जुट्दै गएमा छोरीको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ की भन्ने आशमा लालमाया हुनुहुन्छ । उहाँ १५ वर्षदेखि श्रीमान्बाट अलगिएर माइतीमा बस्दै आउनुभएको छ । मिर्गौलापीडित छोरी मुनासहित चार सन्तान र ९८ वर्षीया आमाको लालनपालनको अभिभारा लालमायाकै काँधमा छ ।

दैनिक ज्यालामजदुरी गरेर परिवार धान्ने उहाँलाई छोरी रोगले थलिएपछि अर्को बज्रपात परेको छ । उपचारमा लाग्ने लाखौँ खर्च कसरी जुटाउने भन्ने पिरलो छ। मुना कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । रोगले सताएपछि उहाँको पढाइ पनि प्रभावित बनेको छ ।

फोटो: फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्