भारतकी हरनाज सन्धु मिस युनिभर्सको विजेता

<span class='c1'>भारतकी हरनाज सन्धु</span> <span class='c2'>मिस युनिभर्सको विजेता</span>

भारतकी हरनाज सन्धुले मिस युनिभर्स प्रतियोगिता जितेकी छिन् ।

यो सँगै २१ वर्ष पछि भारतले मिस युनिभर्सको ताज जितेको छ । भारतको पञ्जाब, चण्डीगढकी मोडेल सन्धुले आज इजरायलमा भएको ७०औंँ मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका गरी ७० जना प्रतिस्पर्धीलाई पछि पारिन् ।

उनले पढाइ सँगसँगै मोडलिङलाई अगाडि बढाउँदै लगेकी छिन् । उनी अहिले डिग्रीको पढाइ पूरा गर्ने तयारीमा छिन् । मिस युनिभर्समा भाग लिनु पहिला उनले चलचित्रमा समेत काम गरेकी थिइन् । उनले अभिनय गरेकाे चलचित्र आउँदो वर्ष रिलिज हुने बीबीसी हिन्दीले जनाएको छ ।

यस अघि सन् २००० मा लारा दत्तले मिस युनिभर्सकाे उपाधि जितेकी थिइन् भने सन् १९९४ मा सुस्मिता सेनले उपाधि हात पारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्