शुक्रबार विराटनगरको कार्पे डिएममा ‘कबवेब ब्याण्ड’ को लाईभ प्रस्तुती

<span class='c1'>शुक्रबार विराटनगरको कार्पे डिएममा ‘कबवेब</span> <span class='c2'>ब्याण्ड’ को लाईभ प्रस्तुती</span>

विराटनगर । आउँदो पौष २ गते विराटनगर बरगाछीस्थित कार्पे डिएममा रेष्टुरेन्टमा नेपाली चर्चित ब्याण्ड ‘कबवेब’ को प्रस्तुती हुने भएको छ ।

पुर्व टुरमा निस्केकोे कबवेबलाई कार्पे डिएमले प्रस्तुुतीका लागि दोश्रोपटक विराटनगर ल्याउन लागेको हो । शुक्रबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म कबवेबले आफ्नो लाईभ प्रस्तुती दिने जनाईएको छ । कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको छ । कार्यक्रममा सहभागी हुन प्रि सेलमा रु. ८०० र डोर सेलमा रु. १००० हजारका दरले टिकटको व्यवस्था गरिएको कार्पे डिएमका सञ्चालक सौरभ भट्टराईले बताए । उनले टिकट खरिद गर्दा फ्री ड्रिङ्क्सको व्यवस्था समेत गरिएको जानकारी दिए ।

कार्यक्रमको टिकट कार्पे डिएमको आधिकारिक फेसबुक पेज माफर्त बुक गर्न सकिने जनाईएको छ । कार्यक्रमका लागि भने ३ सय टिकटको व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्