विराटनगरमा चोरीका घटना बढ्दै

<span class='c1'>विराटनगरमा चोरीका</span> <span class='c2'>घटना बढ्दै</span>

बिराटनगर कार्तिक ७

विराटनगर नगरक्षेत्रमा चाडबाडको समयमा शृङ्खलाबद्ध चोरीका घटनाहरु हुन थालेका छन् ।
चाडबाडको समयमा दसैं मान्न घर छाडेर मूलघरतर्फ गएका सर्वसाधारणका घरमा चोरी हुने क्रम बढेको छ । अस्ति बिहीबार राति मात्रै विराटनगर–१५ पिचरास्थित तीनवटा घरमा चोरी भएकोमा गएराति फेरि विराटनगर–५ स्थित अच्युतमिल टोलका ४ वटा घरमा चोरी भएको छ । दसैं मान्न मूलघर र अन्यत्र गएको मौका छोपी चोरी भएको हो । गएराति स्थानीय शान्ता तामाङ, हिक्मत विक, कोषराज सुवेदी र रामकुमार दाहालको घरमा चोरी भएको हो । चोरहरुले ती घरहरुको मूलढोका फोरेर दराजभित्र राखिएको नगद र गरगहना चोरी गरेका छन् । स्थानीय सुमन न्यौपानेले आफ्नो कोठाको दराजबाट १६ तोला चाँदी र नगद ७ हजार चोरी भएको बताउनुभयो ।

चोरी भएका घरहरुमा ल्यापटप, मोटरसाइकल र टेलिभिजनलगायतका उपकरणहरु रहे पनि ती सामग्रीहरुको साटो चोरहरुले गरगहना र नगद मात्र चोरी गरेको पाइएको छ । चोरहरु पर्खालमा राखिएको किला–काँटी माथि सोफाको डसना राखेर पर्खालबाट हाम्फालेर भित्र गएको देखिएको छ । चोरी भएका चारवटै घरमा एकै प्रकृतिले चोरी भएको स्थानीय पुण्यप्रसाद पौडेलले बताउनुभयो ।

विराटनगर क्षेत्रको मुल सडकखण्ड र चोकहरुमा प्रहरीको नियमित गस्ती हुने गरे पनि भित्री सडक र टोलहरुमा निरन्तर गस्ती नगर्ने भएकाले चाडबाडको समयमा चोरीका घटना अत्यधिक बढेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्