काँग्रेसका सभासदको घर पछाडी सिलिण्डर बम

<span class='c1'>काँग्रेसका सभासदको घर</span> <span class='c2'>पछाडी सिलिण्डर बम</span>

बिराटनगर कार्तिक ९ , सप्तरी जिल्लाको राजविराजस्थित नेपाली काँग्रेसका एक सभासदको घर पछाडी आज बिहान सिलिण्डर बम भेटिएको छ । सप्तरी क्षेत्र नं. ६ का नेपाली काँग्रेस सभासद सुरेन्द्र यादवको राजविराज नगरपालिका ५ स्थित घरको पछाडी पट्टी शंकास्पद झोलाभित्र सानो आकारको सिलिण्डर बम भेटिएको हो। घर पछाडी शंकास्पद झोला देखिएको भन्ने सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी परिचालन भई उक्त झोला हेर्दा सो भित्र सानो सिलिण्डर र त्यसमा ब्याट्री तथा तार जडान गरी बनाईएको बम फेला परेको थियो। उक्त बमलाई स्थानीय नेपाली सेनाको टोलीद्वारा निष्कृय गरिएको छ भने घटनासम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको पुर्व क्षेत्रिय प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्