ताप्लेजुङको साँगादिन बजारमा आगलागी

<span class='c1'>ताप्लेजुङको साँगादिन</span> <span class='c2'>बजारमा आगलागी</span>

बिराटनगर कार्तिक ९ ,

ताप्लेजुङको खेवाङस्थित साँगादिन बजारमा विद्युत सर्ट भई दुई घरमा आगलागि हुँदा तीस लाख बराबरको क्षति भएको छ । खेवाङ ४ निवासी भिम दहालको दुई घरमा आज बिहान करिव ९ बजे आगलागि भएको हो । आगलागिबाट घरमा भएको पसलका सामान, गरगहना, नगद, र अन्य घरायसी सरसामान गरी करिब तीस लाख मुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ । आगलागिबाट दुईवटा घर जलेर पुर्णरुपमा नष्ट भएका छन् । घरमा साना बालबच्चा मात्रै भएको समयमा बिद्युत सर्ट भई आगलागि भएको खेवाङ प्रहरी चौकीले जनाएको छ । आगो स्थानीयवासीले करिब एक घण्टा पछि मात्रै नियन्त्रणमा लिएका थिए । घरमा रहेको अलैँची लगायतका केही सामान चाडै निकालिएकाले थप ठुलो क्षति हुन नपाएको बताईएको छ । आगलागि पछि दहालको परिवार अहिले नजिकै आफन्तको शरण लिएर बसेका छन् । गाँउगाँउमा बिजुली बत्तीको सुबिधा पुगे पनि कतिपय ठाँउमा व्यवस्थित जडान नहुँदा साथै जनचेतनाकै अभावले गर्दा यस प्रकारका घटना निम्तने गरेको स्थानीयबासीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्