डिभी भर्नेहरुको विराटनगरका फोटो स्टुडियोहरुमा भिड

<span class='c1'>डिभी भर्नेहरुको विराटनगरका</span> <span class='c2'>फोटो स्टुडियोहरुमा भिड</span>

बिनु तिम्सिना
विराटनगर कात्तिक ९
लेक्ट्रोनिक डाइभर्सिटी भिसा अर्थात् ई–डिभी भर्नेहरुको यतिबेला विराटनगरका फोटो स्टुडियोहरुमा लर्काे लागेको छ । बेरोजगारी, राजनीतिक अस्थिरता, असुरक्षा लगायतका विभिन्न समस्याका कारण बेरोजगार युवा विद्यार्थीदेखि जागिरेहरुसमेतले बर्सेनि डिभी भर्ने गरेका छन् ।
२०७२ असोज १५ गतेदेखि खुलेको यसवर्षको डिभी कात्तिक १७ सम्म भरिसक्नुपर्नेछ । आफै भर्न सकिए पनि यतिबेला विराटनगरका फोटो स्टुडियोदेखि ट्राभल एजेन्सीसम्म डिभी भर्नेको लर्काे लागेको छ । सुविधा सम्पन्न देश अमेरिका जाने र उतै बस्ने मोह धेरैलाई हुन्छ । यसैले पनि अमेरिका जान डिभी भर्नेको संख्या बर्सेनि बढ्दो छ । कतिपय युवापुस्ताहरुले डिभी आफैं भर्ने गरेको भए पनि धेरैले फोटो स्टुडियो र कन्लटेन्सीहरुबाट विवाहित र अविवाहित नामबाट दुई सयदेखि ४ सय, ५ सयसम्म रकम तिरेर डिभी भर्दै आएका छन् । यद्यपि अमेरिकी दूतावासले भने डिभी भर्नका लागि कुनै पनि शुल्क नलाग्ने र आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गर्दै आएको छ । ओखलढुङ्गाका प्राध्यापक राजन दाहाल देशको अस्थिर अवस्था र जागिरको असुरक्षाका कारण अमेरिका जान पाउने आशमा डिभी भर्ने गरेको बताउनुहुन्छ ।
आफूलगायत आफ्ना सन्तानको पनि नेपालमा भविष्य उज्जवल नदेख्ने उहाँले बर्सेनि आफूले डिभी भर्दै आउनुभएको छ । बन्द हड्ताल भए पनि अघिल्लोे वर्षभन्दा यस वर्ष डिभी भर्नेको संख्यामा वृद्धि भएको विराटनगरस्थित मेलिना फोटो स्टुडियोका सञ्चालक सञ्जय श्रेष्ठ बताउनुहुन्छ ।
सरकारी जागिरेहरुसमेत डिभी भर्न आउने गरेको उहाँ बताउनुहुन्छ । विभिन्न बहानामा हुने बन्दहड्ताल, राजनीतिक अस्थिरताका कारण भएको स्रोत र साधनको समेत उपयोग गर्न नसकिरहेको अवस्थामा युवापुस्तामा वितृष्णा पैदा गरिदिएको छ । वर्षाैं वर्षदेखि राजनीतिक आन्दोलनमा मात्र मुलुक रुमल्लिँदा विकास निर्माणले गति लिन सकेको छैन । देशमा संविधान आएपछि मुलुक आर्थिक क्रान्तितर्फ उन्मुख हुने आशा गरेका युवापुस्तालाई पछिल्लो घटनाक्रमले थप निराश बनाएको छ । यसरी निराश भएर विदेश पलायन हुने युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्नुपर्ने देखिन्छ । त्यसका लागि अब सबै नेपाली एकजुट भएर आर्थिक क्रान्तिमा लाग्नु जरुरी छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्