झापा जिल्लाको दुई बेग्लाबेग्लै स्थानबाट २० जना जुवाडे पक्राउ परेका छन्।
बिर्तामोड नगरपालिका १ स्थित ललित अधिकारी र गौरादह नगरपालिका ५ महारानीझोडा स्थित खेम चापागाईको घरबाट कौडा खेल्दै गरेको अवस्थामा प्रहरीले सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो। अधिकारीको घरबाट १८ जना र चापाँगाईको घरबाट दुई जना पक्राउ परेका थिए। प्रहरीले दुबै स्थानबाट नगद १४ लाख ५७ हजार ७ सय रुपैया, कौडाको गोटी, ठर्की र एक थान मोवाइल फोनसमेत बरामद गरिएको छ।
पक्राउ परेका सबै जनालाई अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।