सानिमा बैंकले आफ्ना देशभरका नयाँ ग्राहकहरुलाई बैंकिङ्ग सुबिधा सँगसँगै एनसेलको सिमकार्ड पनि निशुल्क दिने व्यवस्था गरेको छ ।
बैंकिङ्ग डिजिटलाईजेशनलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले आफ्ना ग्राहकहरुलाई खाता खोल्दा सिम कार्ड र उक्त कार्डमा रु ५०० बराबरको विभिन्न सुबिधा पनि उपलब्ध गराउने जनाएको छ ।
यसका साथै बैंकले आफ्ना ग्राहकको लागि अन्य बिभिन्न सुबिधा पनि ल्याएको जनाएको छ ।