विराटनगरबाट चारजना स्वास्थ्य विचौलिया पक्राउ

<span class='c1'>विराटनगरबाट चारजना स्वास्थ्य</span> <span class='c2'>विचौलिया पक्राउ</span>

विराटनगर । विराटनगरमा उपचारका लागि आएका सर्वसाधारणलाई झुक्याएर विभिन्न क्लिनिक तथा फार्मेसीमा पु¥याउने कार्य गर्दै आएको आरोपमा चारजना स्वास्थ्य बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । गाडीबाट आएका सर्वसाधारणलाई राम्रो चिकित्सक र राम्रो औषधी पाइने स्थानमा पु¥याएर कमिसन खानेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर–१९ का ४६ वर्षीय बिनोद राय, विराटनगर–५ का ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलिप साह र विराटनगर–१२ का ३९ वर्षीय शिवकुमार कामतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले सर्वसाधारणलाई झुक्याएर विभिन्न क्लिनिक, अस्पताल तथा फार्मेसीमा पु¥याउने र पु¥याए वापत कमिसन लिने गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले सर्वसाधारणलाई झुक्याउनका लागि कसैले यस्तो कार्य गरेको भए सूचना दिन समेत आग्रह गरेको छ । विभिन्न स्थानबाट सार्वजानिक सवारीमा आएका सर्वसाधारणलाई रिक्सामा अस्पतालसम्म पु¥याउने भन्दै उनीहरुले चढाएपछि कमिसन आउने स्थानमा पु¥याउने काम गर्दै आएका छन् ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा बिचौलियाको काम गर्दै आएकाहरुलाई प्रहरीले पक्राउ गर्ने तर सामान्य कारवाही गरेर छोड्दिन गर्दा नागरिक ठगिने क्रम रोकिन सकेको छैन । विराटनगरको शनिमन्दिर, बिजुली अफिस, बरगाछी, महेन्द्रचौक, बसपार्कसम्म यस्ता बिचौलियाले आफ्नो सिटी रिक्सा लिएर उपचारका लागि आउने सर्वसाधारणको निगरानी गरिरहेका हुन्छन् । व्यवसायीक बिचौलियाले कतिपय बसका चालक तथा सहचालकसँग समेत साझेदारी गरेर उपचार गराउन आएकाहरुलाई आफ्नो पकडमा पार्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्