झापामा चार विघाको धान नष्ट

<span class='c1'>झापामा चार विघाको</span> <span class='c2'>धान नष्ट</span>

झापा । झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ ।

गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो । आगलागीबाट सम्पूर्ण धान जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली तथा स्थानीयवासी मिलेर आगो निभाएका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिनुभयो । धान काटेर चुट्न राखेको थुप्रोमा आगलागी भएको हो । आगलागीबाट रु.दुई लाख ५० हजारभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्