लागु औषध सहित २ जना पक्राउ

<span class='c1'>लागु औषध सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ ।

बिहिबार दिँउसो २ बजे बिराटनगर महा-नगरपालिका-१३ सैनिक टोल स्थितबाट सी आर भी जतुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दर हरैचा नगरपालिका वडा ६ बस्ने ३० बर्षिय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाईजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाईट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्की सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी बिहिबार राती करिब ७ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा ७ अधिकारी टोल बस्ने ५० बर्षीया मुन्नी बेगमको घरमा लुकाई राखेको लागु औषध ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्राम सहित बेगमलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरुको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्