पहिलो महिला राष्ट्रपति विद्या भण्डारीको जिवन कथा

<span class='c1'>पहिलो महिला राष्ट्रपति विद्या</span> <span class='c2'>भण्डारीको जिवन कथा</span>

वि.सं. २०१८ साल असार ५ गते भोजपुरको गुराँसेमा भण्डारीको जन्म भएको हो ।
बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी भण्डारी नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुन् ।
२०३–३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उनले २०३७ सालदेखि तत्कालीन नेकपा (माले) मा सङ्गठित हुँदै लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा सशक्त भूमिका खेल्दै आएकी छन् ।
२०३९ सालमा जननेता कमरेड मदन भण्डारीसँग वैवाहिक सम्बन्धमा बाँधिएकी भण्डारी २०५० माघमा भएको उपनिर्वाचनमा काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतकासाथ विजयी बनेकी थिइन् । २०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचन तथा २०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– २ बाट निर्वाचित हुँदै उनले विधि निर्माणमा क्रियाशील भूमिका खेलेकी थिइन् ।
उनी पुनःस्थापित प्रतिनिधिसभामा राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने सङ्कल्प प्रस्तावका प्रस्तावक थिइन् । रक्षा मन्त्रालय जस्तो चुनौतीपूर्ण जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने पहिलो महिला मन्त्रीका रूपमा स्थापित उनीसँग वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकोसमेत अनुभव छ । २०५४ सालदेखि अखिल नेपाल महिला सङ्घको अध्यक्षका रूपमा नेपाली महिला आन्दोलनको अगुवाइ गर्दै आएकी उनीसँग टे«ड युनियन आन्दोलनको समेत अनुभव छ । २०५४ सालमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा पार्टीको नेतृत्वदायी भूमिकामा स्थापित भएकी उनी आठौं र नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष ओहदामा निर्वाचित भएकी थिइन् ।
नेपालको संविधान निर्माणमा पार्टीका तर्फबाट उनले महत्वपूर्ण योगदान गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्