प्रदेश–१ मा १६ जनामा कोरोना सङ्क्रमण

<span class='c1'>प्रदेश–१ मा १६</span> <span class='c2'>जनामा कोरोना सङ्क्रमण</span>

प्रदेश–नं १मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार २५५ को पीसीआर परीक्षण गर्दा १५ र १८९ को एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा आठ, सुनसरीमा चार, झापामा दुई र धनकुटामा एक जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा चार, कटहरीमा दुई, सुन्दरहरैचा, धनपालथानमा एक÷एक, सुनसरीको इटहरीमा चार, झापाको शिवसताक्षी, कमल गाउँपालिकामा एक-एक र धनकुटाको पाख्रिबासमा एक जनामा सङ्क्रमण देखिएको हो । सोही अवधिमा आठ महिलासहित १७ सङ्क्रणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्