आगलागीमा परेर महिलाको मृत्यु

<span class='c1'>आगलागीमा परेर</span> <span class='c2'>महिलाको मृत्यु</span>

कालीकोट । कालीकोटमा आगलागीमा परेर घाइते हुनुभएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ ।

शुक्रबार आगलागीमा परेर घाइते हुनुभएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान उहाँको मृत्यु भएको हो । आगलागीबाट टाउको र खुट्टा जलेको उहाँको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढथापाले बताउनुभयो ।

शुुक्रबार दिउँसो बुढा रास्कोट–९ थोल्म खर मेलामा घाँस काट्न गएको बेलामा कसैले आगलागी गर्दा त्यसमा परेर बुढा घाइते हुनुभएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्