बिराटनगरमा भारतीय ट्रकमा आगजनी

<span class='c1'>बिराटनगरमा भारतीय</span> <span class='c2'>ट्रकमा आगजनी</span>

मोरङ, कार्तिक ११

मोरङ जिल्लाको बिराटनगर ८ स्थित शिबमन्दिर चौकमा मंगलबार राती अज्ञात समुहले भारतीय ट्रकमा आगजनी गरेका छन्।

रानी भन्सारबाट सिमेन्ट लिएर आएको MH-18- AA-7311 नम्बरको ट्रकमा अज्ञात समुहले राती करिब १० बजे आगजनी गरेका हुन्। सिमेन्ट अनलोड पश्चात सडक किनारमा रोकी खाना पकाउने तरखर गर्दै गर्दा अज्ञात समुहले उक्त ट्रकको अगाडीको भागमा आगो लगाई फरार भएका थिए।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिगई आगो नियन्त्रणमा लिइएको थियो।

आगजनीबाट ट्रकको अगाडीको शिशा, सिट र वायरिङमा क्षती पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्