बुधबार विराटनगरको कार्पे डिएममा गायक ‘सुगम पोखरेल’ को लाईभ प्रस्तुती

<span class='c1'>बुधबार विराटनगरको कार्पे डिएममा गायक</span> <span class='c2'>‘सुगम पोखरेल’ को लाईभ प्रस्तुती</span>

विराटनगर । आउँदो पौष ७ गते विराटनगर बरगाछीस्थित कार्पे डिएम रेष्टुरेन्टमा नेपाली चर्चित गायक सुगम पोखरेलको लाईभ प्रस्तुती हुने भएको छ ।

बुधबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म गायक पोखरेलको लाईभ प्रस्तुती हुने भएको हो ।

कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको छ । कार्यक्रममा सहभागी हुन रु. ५०० का दरले टिकटको व्यवस्था गरिएको कार्पे डिएमका सञ्चालक सौरभ भट्टराईले बताए । उनले कार्पे डिएममै गएर वा ९८५२०३४०३९ मा सम्पर्क गरेर अग्रीम टिकट बुक गर्न सकिने जानकारी दिए ।

कार्यक्रमको टिकट बिक्री भने शनिबारबाट खुल्ला गरिएको छ । कुल २०० टिकट बिक्री गर्ने आयोजकको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्