बिराटनगरमा दुई मोटरसाइकलमा आगजनी

<span class='c1'>बिराटनगरमा दुई</span> <span class='c2'>मोटरसाइकलमा आगजनी</span>

मोरङ, कार्तिक ११ गते ।

सँयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले आज दिउँसो मोरङ जिल्लाको बिराटनगरमा दुई वटा मोटरसाइकलमा आगजनी गरेका छन्।

मोर्चाका कार्यकर्ताहरुले बिराटनगर उपमहानगरपालिका वडा नं. १८ मा को. १२ प २८८१ र बिराटनगर २२ मा बा. ३० प ७१३३ नम्बरको मोटरसाइकलमा आगजनी गरी फरार भएका हुन्।

आगजनीबाट दुबै मोटरसाइकलको ट्याङकीको भाग आंशिक रुपमा जलेको छ।
आगो इलाका प्रहरी कार्यालय रानीबाट खटिगएको प्रहरी टोलीद्वारा नियन्त्रणमा लिएको छ।

यसैविच मोरङको बिराटनगर ७ स्थित शनिमन्दिर चौकबाट आज दिउँसो प्रहरीले मोर्चाका तीन जना कार्यकर्ताहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मधेसी जनाधिकार फोरम नेपालका जिल्ला अध्यक्ष राज कुमार यादव, जिल्ला सदस्य कन्हैयालाल यादब र तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष मोहमद काबिर रहेका छन्।

उनीहरुलाई प्रहरीले राजमार्ग अवरोध गरी नाराजुलुस गरेकोले सम्झाई बुझाई गर्दा नमानेपछि नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्