सुन जस्तो देखिने पहेंलो धातु सहित बंगलादेशी नागरिक नेपालमा पक्राउ

<span class='c1'>सुन जस्तो देखिने पहेंलो धातु सहित</span> <span class='c2'>बंगलादेशी नागरिक  नेपालमा पक्राउ</span>

काठमाडौं । काठमाडौं महानगरपालिका वडा ९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजाने लागेको करिब ३ सय ३३ ग्राम सुन जस्तो देखिन पहेंलो धातु सहित बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलामलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हिमालयन एअरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानास्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्दा २ सय ३३ ग्राम सुन जस्तो देखिने पहेंलो रंगको धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी जम्मा उक्त परिमाणको धातु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनी उपर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको अन्तर्राराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्