बन्दको मारमा विराटनगर क्षेत्रका साना व्यापारी

<span class='c1'>बन्दको मारमा विराटनगर</span> <span class='c2'>क्षेत्रका साना व्यापारी</span>

बिनु तिम्सिना

बिराटनगर कार्तिक १२

मधेसवादी दलहरुको बन्दका कारण तिहार र छठमा विक्रि हुने समाग्रीको व्यापार गर्नेहरु साना व्यापारीहरु मारमा परेका छन् । तिहार र छठमा बढी मात्रामा विक्रि हुने माटाको दियो र भाडा, नाङ्ग्लो, कोनिया र ढाकी बनाएर विक्रि गर्ने व्यापारीहरु मारमा परेका हुन् ।

बन्द हडताल र नाकाबन्दीबाट सिर्जित समस्याकाबीच नेपालीहरुले भर्खरै बडादसैं मनाएका छन् । अब तिहार र छठ पर्व समेत नजिकिंदै छ । हरेक वर्ष दसैं सकिना साथ विराटनगर क्षेत्रका बजारहरुमा तिहार र छठका लागि चाहिने सामाग्रीहरुको किनमेल गर्नेहरुको भीड लाग्ने गर्दथ्यो । तर यसवर्ष दसैंको समय केही दिन विराटनगरका बजार–पसल खोल्न दिएका मधेसवादी दलहरुले दसैं सकिए लगत्तै बन्दमा कडाइ गरेका छन् । आंशिकरुपमा बजार पसल खुलेपनि मानिसहरुको खासै चहल–पहल छैन । गुद्री बजार लगायतका केही ठाउँ तथा फुटपाथ र सडकमा तिहार तथा छठका सामाग्रीहरु माटाका भाडा तथा चोयाका सामाग्री विक्रि गर्ने गरेको भएपनि सँधै भैmं बजारमा रौनकता देखिएको छैन । अन्य बेलामा भन्दा तिहार र छठको बेलामा माटाका भाडा, दियो, नाङ्ग्लो, ढाकी र कोन्या बढि मात्रामा बिक्री हुने गर्दछन् । तिहार र छठमा माटाको दियोमा बत्ति बाल्ने प्रचलन छ । साथै छठको पुजा गर्नेहरुले नाङ्ग्लो, कोन्या र ढाकीमा पुजा समाग्री र प्रसाद राखेर खोला किनारमा गइ पुजा गर्ने प्रचलन छ । जसले गर्दा पनि तिहार र छठमा माटाको दियो, भाडा र नाङ्ग्लो, कोन्या, ढाकीको विक्री बढि मात्रामा हुने गर्छ । तर यसवर्ष मधेशी मोर्चाको बन्दका कारण माटाका भाडा र ढाकी, नाङ्ग्लो बिक्रि गरेर परिवार पाल्ने साना व्यापारीहरुको व्यापार चौपट भएको व्यापारी अशोक साहको भनाइ छ ।

यस्तै यातायात नचल्दा धरान, धनकुटा, भोजपूर लगायतका पूर्वी पहाडि जिल्लाहरुबाट आउने नाङ्ग्लो, ढाकी र कोन्या ढुवानीमा समस्या भएको छ । पहाडि जिल्लाबाट इटहरीसम्म बसमा ढुवानी गरेर ल्याउने गरेको भएपनि इटहरीदेखि विराटनगर यातायात सञ्चालन नभएका कारण ढुवानी खर्च बढेको व्यापारीहरु बताउँछन् । बसमा ल्याउँदा एक सय देखि २ सयसम्म भाडा लाग्नेमा यातायात संचालन नहुँदा रिक्सा ठेलामा १ हजारसम्म भाडा तिरेर ल्याउनु परेको व्यापारी पप्पु साह बताउँछन् ।

मोर्चाको बन्दका कारण यातायात संचालन नुहँदा ढुवानी खर्च बढेपछि नाङ्ग्लो, ढाकी, कोन्याको मुल्यपनि बढेको छ । एक सय देखि एक सय २० रुपैयाँसम्म पर्ने नाङ्ग्लो, ढाकी, कोन्या अहिले एक सय ५० देखि एक सय ८० रुपैयाँसम्म पर्ने गरेको छ । जसले गर्दा उपभोक्ताहरु समेत मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्