प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण पुष्टि

<span class='c1'>प्रदेश १ मा १४</span> <span class='c2'>जनामा कोरोना संक्रमण पुष्टि</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ ।

४०९ जनाको पीसीआर परीक्षण गर्दा १३ र ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा २ र भोजपुरमा १ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ७, जहदा, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको धरानमा २ र भोजपुरको षडानन्दमा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्