माछा मार्नेक्रममा खनारस्थित सुरज राईस मिलका सुरक्षागार्डको करेन्ट लागेर मृत्यु

<span class='c1'>माछा मार्नेक्रममा खनारस्थित सुरज राईस मिलका</span> <span class='c2'>सुरक्षागार्डको करेन्ट लागेर  मृत्यु</span>

सुनसरी, कार्तिक १२ गते ।

सुनसरी जिल्लाको खनारस्थित सुरज राईस मिलका एक सुरक्षा गार्डको आज माछा मार्नेक्रममा करेन्ट लागेर मृत्यु भएको छ।

ईटहरी नगरपालिका १४ खनारस्थित सुरज राईस मिलका सुरक्षा गार्ड ईटहरी २ बस्ने वर्ष ४१ को चेत बहादुर मुगको पानी जमेको खाल्डोमा माछा मार्नेक्रममा करेन्ट लाग्दा मृत्यु भएको हो। मिल कम्पाउण्डभित्र रहेको पानी जमेको खाल्डोमा आज बिहान बिधुतबाट करेन्ट लगाएर माछा मार्न खोज्दा थापा आफैलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु थियो।

घटनास्थलमा प्रहरी चौकी खनारबाट प्रहरी टोली खटिगई प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्