उपराष्ट्रपति पदका लागि आज मतदान हुने

<span class='c1'>उपराष्ट्रपति पदका लागि</span> <span class='c2'>आज मतदान हुने</span>

काठमाडौं, १४ कात्तिक ।

उपराष्ट्रपति पदका लागि एमाओवादीका सांसद् नन्दकिशोर पुन र नेपाली कांग्रेसका सांसद् अमियकुमार यादवबीच प्रतिस्पर्धा हुने भएको छ । संसद् सचिवालयले शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म उमेद्वारी दर्ताको समय तोकेकोमा सत्तारुढ गठबन्धन, मुख्य विपक्षी र साना दलले तथा एक जना स्वतन्त्र सांसद्ले गरी ४ जनाले उमेद्वारी दर्ता गराएका थिए । पछि साना दल र स्वतन्त्र सांसद्ले उम्मेदवारी फिर्ता लिएपछि पुन र यादवबीच प्रतिस्पर्धा हुने भएको हो । सत्तारुढ गठबन्धनले एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नन्दकिशोर पुनलाई उम्मेदवार बनाएको हो । ५० वर्षीय पुनको खास नाम भने नन्दबहादुर हो । तत्कालीन माओवादीका लडाकु कमाण्डर रहेका पुनलाई उपराष्ट्रपति पदमा जिताउन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक बस्नुभएको छ भने राप्रपा नेपालका सचेतक दिलनाथ गिरी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद् योगेन्द्र चौधरी समर्थक बस्नुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले संविधानसभा भवनको ल्होत्से हल पुगेर उम्मेदवारी दर्ता गराए पनि पुनलाई उपराष्ट्रपति बनाउने प्रस्तावमा सत्ता गठबन्धनका अन्य दलहरुले समर्थन गरेका छैनन् । सत्ता गठबन्धनका सबै दलहरु सभामुख, उपसभामुख र राष्ट्रपतिको निर्वाचनमा एक ठाउँमा उभिएका थिए । सत्तारुढ गठबन्धनमै रहेको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफू प्रस्तावक र पार्टीकी अर्की सभासद् मिलनकुमारी राजवंशीलाई समर्थक राखेर चितवनका दयाराम कँडेललाई उपराष्ट्रपतिको उमेद्वार बनाउनुभएकोमा अन्त्यमा फिर्ता लिनुभएको छ । यस्तै, नेपाली कांग्रेसले सिरहाका समानुपातिक सांसद् अमियकुमार यादवलाई उमेद्वार बनाएको छ । ६९ वर्षीय यादवलाई उपराष्ट्रपति बनाउन संसद् सचिवालयमा दर्ता गराइएको प्रस्तावमा काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ प्रस्तावक तथा सचेतक ईश्वरी न्यौपाने समर्थक बस्नुभएको छ । यस्तै नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उमेद्वारी दिएर कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका अतहर कमाल मुसलमानले पनि उपराष्ट्रपति पद्मा उमेद्वारी दर्ता गराउनुभएकोमा पछि फिर्ता लिनुभयो । मुसलमानले अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई प्रस्तावक र जनजागरण पार्टीका लोकमणि ढकाललाई समर्थक राखेर उमेद्वारी दर्ता गराउनुभएको थियो ।  सांसद्हरुले आज बिहान ११ बजेदेखि २ बजेसम्म गोप्य मतदान गरेर उपराष्ट्रपति चयन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्