पछिल्लो २४ घण्टामा २५१ जना नयाँ सङ्क्रमित थप, एकको मृत्यु

<span class='c1'>पछिल्लो २४ घण्टामा २५१ जना</span> <span class='c2'>नयाँ सङ्क्रमित थप, एकको मृत्यु</span>

विराटानगर । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १५६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, एक हजार ७२९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २२५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८६ पुगेको छ ।

यसैगरी, देशभर हालसम्म चार हजार ९३१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पाँच लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्