विराटनगरमा जेसिज सप्ताह सुरु

<span class='c1'>विराटनगरमा जेसिज</span> <span class='c2'>सप्ताह सुरु</span>

विराटनगर १७ कार्तिक

हरेक बर्ष आयोजना हुने जेसिज सप्ताह विराटनगरमा आजबाट सरु भएको छ । जेसिज सप्ताह अन्तर्गत आजको उद्घाटन सत्रमा शान्तिको लागि दौड भन्ने मूल नाराको सहित दौड प्रतियोगिता सम्पन्न भएको छ ।उक्त दौड सहिद मैदान बाट सुरु भै गोल्छा चोक जलजला मोड हस्पिटल चोक हुदै पुन सहिद मैदान मा पुगेर सम्पन्न भएको थियो। प्रतियोगितामा ओनिश श्रेष्ठ प्रथम तथा सुनिल साहले दोश्रो स्थान हासिल गरे ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, अतिथिहरुमा जेसिज पूर्व अध्यक्ष नारायण श्रेष्ठ, सिनेटर फुलकुमार लालबानी, मुख्य कार्यक्रम संयोजक जेसि भगवती कालीकोटे लगायतको उपस्थिती रहेको थियो । दौड जेसि नविन लामिछानेको संयोजकत्वमा सम्पन्न भएको थियो भने बिराटनगर जेसिज का अध्यक्ष जेसि तारा बहादुर थापाको सभापति त्व मा सम्पन्न भएको थियो । त्यस्तै सप्ताह अन्तर्गत को दोस्रो कार्यक्रममा विराटेश्वर बृद्धा आश्रममा वृद्धवृद्धाहरुलाई भोजन गराईएको थियो। उक्त कार्यक्रम को विशेष अतिथी जेसि रोशन धौभडेल रहनु भएको थियो भने कार्यक्रम को संयोजक जेसि युवराज भण्डारी रहनु भएको जानकारी विराटनगर जेसिजका जनसम्पर्क अधिकारी देवचन्द्र धिमिरेले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्